रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना अभियुक्त पक्राउ


३ श्रावण २०७६, शुक्रबार


pakrau

मोरङ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको छ ।

उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका-७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस