५० हजार घुससहित इन्जिनियर पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

५० हजार घुससहित इन्जिनियर पक्राउ


प्रशासन विशेष ब्युरो

३ श्रावण २०७६, शुक्रबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालय बर्दिबासबाट खटिइगएको टोलीले रामनगर गाउँपालिका, सर्लाहीका इन्जिनियर रामजी बाबु यादवलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा मलंगवा नगरपालिका वडा नं.१० अशोका होटेलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस