हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई बिदाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई बिदाइ


२ श्रावण २०७६, बिहिबार


काठमाडौं । साउदी अरबमा हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको छ ।

टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए ।
त्यस्तै, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।

यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जाने बताइएको छ ।

हज गर्न जानेमा अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस