विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब


२ श्रावण २०७६, बिहिबार


काठमाडौं । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब निकासा गरेको छ ।

बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।

संस्थाले प्रदेश ३, काठमाडौं र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर ४५ करोडमा बस खरीद गर्ने सम्झौता भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस