जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे : प्रधानमन्त्री ओली


२ श्रावण २०७६, बिहिबार


काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष पुर्‍याउन सहज भएको बताएका छन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रम एक बर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यस कार्यक्रम मार्फत देशको आकांक्षा, सरकारका उपलब्धी र प्रतिफल जनतासँग पुर्‍याउन सहज भएको बताएका छन् ।

“यस कार्यक्रम मार्फत देशको अवस्था, सरकारका उपलब्धी, सडक यातायातको चर्चा, राष्ट्रिय आकांक्षा पूरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौं” प्रधानमन्त्री ओलीले भने ।

हरेक बुधबार राती ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक बर्षमा कार्यक्रम ५० अंक प्रशारण भयो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस