२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको बजेट रु पाँच अर्ब ३१ करोड

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाको चौंथो नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो ।

सोमबार कार्यपालिका बैठक बसी ६६ नगर तथा २६ कार्यपालिका सदस्यद्वारा १० बुँदा संशोधन माग विषयक छलफलमा सहमति भएपछि रु १४ करोड २७ लाख २५ हजार थपी नीति तथा कार्यक्रम पास गरिएको हो । महानगरपालिकाको मङ्गलबार सम्पन्न नगरसभाले आगामी आवको बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा र हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले पूर्वाधार निर्माणसँगै हरियाली प्रवद्धनलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘विकास सूचाङ्कका आधारमा हामीले वडालाई तीन किसिममा वर्गिकरण गरी बजेट छुट्याएका छौँ’, उनले भने, ‘पहिलो किसिममा परेका वडालाई रु एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।’ यस किसिमका वडामा वडा नं १, ६, ७, ८, १०, ११ र १९ पर्दछन् ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दोस्रो किसिममा परेका वडालाई रु दुई करोड बजेट छुट्टाइएको बताए । दोस्रो किसिममा वडामा वडा नं २, ३, ४, ५, ९, १३, १४, १५ र १७ रहेका छन् । तेस्रो किसिममा परेका वडालाई दुई करोड ७५ लाख बजेट विनियोजन गरियो ।

तेस्रो किसिमका वडामा वडा नं १२, १६, १८, २०,२१, २२, २३, २४, २५, २६, २७,२८ र २९ पर्छन् । सबै वडामा विकास समानगतिमा नभएकाले वर्गिकरण गरी विकास खर्चको आवश्यकताअनुसार बजेट छुट्याइएको महानगरले जनाएको छ ।