बाढी/पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहतमा नेपाली सेना परिचालन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बाढी/पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहतमा नेपाली सेना परिचालन


१ श्रावण २०७६, बुधबार


काठमाडौं । गत असार २६ गते देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागी नेपाली सेना खोज, उद्धार तथा राहतमा निरन्तर रुपमा लागिरहेको छ ।

नेपाली सेनासंग भएका सवै किसिमका विपद् उद्धारका सामग्रीहरुसहित खोज,उद्धार, राहत वितरण,तटबन्द निर्माण,अस्थायी पुल निर्माण, रबरबोट सञ्चालन तथा अवरुद्ध भएका सडकहरु सुचारु गर्ने कार्यमा फौज खट्टिइरहेका छन् ।

विभिन्न किसिमका जनहितका कार्यहरुलाई निरन्तरता दिने क्रममा रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.४ टिकुलियामा, ईश्नाथ नगरपालिका १ बन्जहरा, धनुषा जिल्लाको नगराईन नगरपालिका २ लग्माजडही, महोतरी जिल्लाको बलवा नगरपालिका, मनरा सिसवा नगरपालिका, साम्सि गाउँपालिका र डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं.३ मा राहत वितरण कार्यमा सहयोग गरिरहेको छ ।

त्यस्तै महोतरी जिल्लाको पिपरा गाउँपालिका-४ पिपरामा बाटो कटान भई पानी जमेर सर्वसाधारण जनताहरुलाई आवतजावतमा समस्या भएपछि आवतजावतमा सहज बनाउने उद्देश्यले रबरबोट सञ्चालन गर्नुको साथै सिरहा जिल्ला औरही गाउँपालिका-२ स्थित तुलसीपुर-सुखीपुर जोड्ने पुल बाढीले बगाए पछि आवातजावातमा समस्या भएको हुँदा अस्थायी पुल निर्माण गरी आवातजावातमा सहज बनाइएको छ।

प्रतिक्रिया दिनुहोस