२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमा प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा

अ+ अ-

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घ–संस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवाला सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आज नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरेको हो । उनले सहभागीलाई प्लाष्टिक झोला प्रयोग नगर्ने सङ्कल्प गराएका थिए ।

सांसद भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपालनै कुनै एउटा समयमा प्लाष्टिक झोलामुक्त हुने विश्वास व्यक्त गरे । प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भइसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट शुरु हुनु सुखद् भएको चर्चा गर्दै उनले यसको अनुशरण अरु पालिकाले पनि गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए । यस्तै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले नगरवासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न सम्भव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदूषण हुने भएकाले यसको नियन्त्रण अपरिहार्य भएको बताए ।

नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको छ । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेकाले न्यूनीकरणको अभियानस्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री–वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ । घोषणापूर्व सरोकारवालासँग पटक–पटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको बिक्री–वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ ।

नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । नगरपालिकाको आग्रहमा विभिन्न सङ्घ–संस्था, सहकारी, टोल विकास संस्थाले नगरवासीलाई कपडाको झोला वितरण गर्दै आएका छन् ।

अभियान शुरु भएको १५ महीनामा भए–गरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको उल्लेख गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पाटीका नगर अध्यक्ष मोहन चापागाईं, नेपाली काङ्ग्रेसका नगर सभापति हरिलाल पाण्डेय, स्रोह–छत्तीस मौजा संयुक्त सिँचाइ प्रणालीका सभापति यज्ञ गैरे, अभियानका संयोजक केशवराज न्यौपाने, शान्ति माविका प्राचार्य कुलप्रसाद लामिछाने, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधि भण्डारीलगायतले प्लाष्टिक झोला निषेध अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै छिमेकी पालिकाहरुलाई पनि सँगसँगै हिँडाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस