मन्त्रीहरुको टोली मधेसमा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मन्त्रीहरुको टोली मधेसमा


१ श्रावण २०७६, बुधबार


काठमाडौं । मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनका लागि मधेसमा पुगेका छन् । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न मन्त्रीहरुको टोली आज प्रभावित जिल्ला पुगेको हो ।

अनुगमनमा पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्लामा गुगेको हो ।

टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि सहभागी छन् ।

अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ ।

हजारौं विस्थापित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस