६२ प्रतिशत मुद्दा फछ्र्योट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

६२ प्रतिशत मुद्दा फछ्र्योट


१ श्रावण २०७६, बुधबार


दमौली । तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष ०७५र७६ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । उक्त अवधिमा एक हजार ६१६ मुद्दा रहेकामा एक हजार नौ मुद्दा फछ्र्योट भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । उक्त आर्थिक वर्षमा नयाँ दर्ता भएको एक हजार २३९ थान र जिम्मेवारी सरी आएको ३७७ थान मुद्दामध्ये एक हजार नौ मुद्दा फछ्र्योट भई ६०७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

जिल्ला अदालतमा सम्बन्धविच्छेदका ५२७, अंशवण्डाका १६९, लागुऔषधका ५३, सवारीज्यानका ५०, मानाचामलका १७, घरेलु हिंसाका १४, नाताकायमका १९, जबर्जस्ती करणीका २१ र अन्य ७४६ मुद्दा दर्ता भएका थिए । अदालतले एक हजार ३३४ थान जम्मा लगत मुद्दा हुने अनुमान गरेकोमा वार्षिक लक्ष्यभन्दा २८२ थान बढी मुद्दा दर्ता भएको थियो ।

वार्षिकरूपमा ९३४ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्यबमोजिम आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म एक हजार नौ मुद्दा फछ्र्योट भई वार्षिक लक्ष्यभन्दा ४५ थान मुद्दा बढी फछ्र्योट भएको श्रेस्तेदार खनालले जानकारी दिए । “वार्षिक लक्ष्यको तुलनामा १०८।३ र जम्मा लगतको तुलनामा ६२.६४ प्रतिशत मुद्दा फछ्र्योट भएको छ”, उनले भने । अदालतमा बालबालिकासम्बन्धी मुद्दा छ थान रहेकामा तीन थान मुद्दा फछ्र्योट भई तीन थान फछ्र्योट हुन बाँकी रहेको छ । निवेदनतर्फ १४५ मुद्दा दर्ता भएकामा २७ मुद्दा फछ्र्योट भई ६६ मुद्दा फछ्र्योट हुन बाँकी छ ।

भदौ १ गतेदेखि पुरुषले समेत जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन सक्ने कानूनी प्रावधान बनेपछि १२८ पुरुषले सम्बन्धविच्छेदको मुद्दा गराएका छन् । यसअघि पुरुषले सम्बन्धविच्छेद गर्न चाहे सम्बन्धित गाउँपालिका÷नगरपालिकामा निवेदन दिनुपर्ने र एक वर्षभित्र त्यहाँ उक्त घटना मिलाउन प्रयास गर्न नसकिए मात्रै अदालतमा आउने कानूनी व्यवस्था रहेको थियो ।

“नयाँ नियमअनुसार अब पुरुषले सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्छन्”, श्रेस्तेदार खनालले भन्नुभयो, “त्यही भएर आर्थिक वर्ष २०७५र७६ मा सम्बन्धविच्छेदको मुद्दा बढेको छ ।” अघिल्लो आव २०७४र७५ सम्म अदालतमा सम्बन्धविच्छेदका ३३७ थान मुद्दा दर्ता भएका थिए ।

९७९ वर्ष कैद भुक्तान हुन बाँकी

अदालतमा कैदतर्फ एक हजार ६१४ वर्ष ११ महीना २२ दिनको लगत रहेकोमा ६३५ वर्ष ६ महीना १४ दिन कैद भुक्तान भएको छ भने ९७९ वर्ष पाँच महीना आठ दिन कैद भुक्तान हुन बाँकी रहेको छ । त्यस्तै जरिवानातर्फ रु दुई करोड १८ लाख ७२ हजार २७७ लगत रहेकामा रु ७५ लाख ५८ हजार ८४८ फछ्र्योट भई रु एक करोड ४३ लाख १३ हजार ४२८ फछ्र्योट हुन बाँकी रहेको अदालतले जनाएको छ । विभिन्न मुद्दामा सजाय पाएका प्रतिवादी फरार रहेकाले कैद र जरिवाना भुक्तान हुन नसकेको अदालतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस