इन्टरनेटको बढेको शुल्क फिर्ता गर्न नेता महरको चेतावनी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

इन्टरनेटको बढेको शुल्क फिर्ता गर्न नेता महरको चेतावनी


१ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले इन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले श्रावण १ देखि लागु हुने गरी इन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णयको नेता महरले घोर भत्त्सना गरेका छन् । सरकारको निर्णय लगत्तै नेता महरले उक्त सरकारी निर्णय निकै खेदजनक भएको बताए ।

चौतर्फी असफलताको चरमचुलीमा पुगेको र अलोकप्रियताको भारीले थिचिएको करप्रसाद वली जीको सरकारले श्रावण १ देखि इन्टरनेटमा १३ शुल्क बढाउने निर्णय गरेको विषय खेदजनक छु, नेता महरले भने, ‘नेपाल दुरसंचार प्राधिकरणले नत गुणस्तरको अनुगमन गर्न सकेको छ, न त लुटतन्त्रनै रोक्न सकेको छ ।’

सबै प्राधिकरणहरु माफियाको चंगुलमा फसिसकेका कारण “बुढी मरी भन्दा काल पल्केको डर” सरह भएको उनको भनाई छ । उनले सरकारले यो निर्णय नसच्याय जनता कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस