अमेजनका कर्मचारी आन्दोलित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेजनका कर्मचारी आन्दोलित


३१ असार २०७६, मंगलबार


एजेन्सी । विश्वकै सबैभन्दा ठूलो अनलाईन खुद्रा पसल अमेजनका कर्मचारी आन्दोलित बनेका छन्। अमेजनले आफ्ना विशेष ग्राहकहरुका लागि सोमबार मात्रै छुट अफर सुरु गरेका बेला कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

कर्मचारीहरुले आफ्नो रोजगारीको ग्यारेन्टी र आत्मसम्मानपूर्ण व्यवहारको माग गरेका छन्। अमेजन कर्मचारी युनियनले जर्मनीमा २ हजार कर्मचारी हड्तालमा रहेको जनाएको छ। अमेरिकामा कर्मचारीहरुले ६ घण्टा काम रोेक्ने र २ घण्टामात्रै काम गर्ने तयारी गरेका छन्।

बेलायतमा रहेका अमेजन कर्मचारीहरुले ७ दिनको विरोध कार्यक्रमको योजना सार्वजनिक गरेका छन्। तर अमेजनले भने आफ्ना कर्मचारीहरुलाई विशेष सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेको छन्। विश्वभर अमेजनका ६ लाख ३० हजार कर्मचारी रहेका छन्।

तीमध्ये ३ लाख कर्मचारी अमेरिकामा मात्रै छन्। कर्मचारीहरुले आफूहरुलाई कम्पनीले मेसिनका रुपमा प्रयोग गरेको, शारीरिक तथा मानसिक थकानको कुनै प्रवाह नगरेको गुनासो गरेका छन्। कतिपय कर्मचारीले दैनिक १० घण्टा काम गर्नुपरेको र त्यसको थकानले आफूहरु पीडित बनेको गुनासो गरेका छन्।

अमेजनका मालिक जेफ बेजोस संसारकै सबैभन्दा धनि व्यक्ति हुन्। अमेजन कम्पनीबाटै उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

प्रतिक्रिया दिनुहोस