सिँचाई डिभिजन प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिँचाई डिभिजन प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ


३० असार २०७६, सोमबार


घुस

भोजपुर । भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार मध्यान्ह अख्तियारको टोलीले पक्राउ गरेको हो।

षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले बताएको छ ।

करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिञ्चाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने बताउँदै आएका थिए । इन्जिनियर यादव कार्यालय नजिको फुपु भदैनी खाजा घर एण्ड लजमा घुससहित पक्राउ परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस