इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा


३० असार २०७६, सोमबार


तेहरान । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिएका छन् ।

यो पछिल्लो समाचारले इरान र अमेरिका बीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।

इरानी प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको टोलीसहित आइतबार न्यूयोर्क पुगेका इरानी विदेश मन्त्री जारिफलाई संयुक्त राष्ट्रसंघको मुख्यालय र त्यहाँ रहेको संयुक्त राष्ट्रसंघको लागि इरानी मिसनको कार्यालयसम्म यात्रा गर्न अनुमति दिइइएको पोम्पोओले वासिङ्टन पोस्ट पत्रिकालाई बताएका छन् ।

तर इरानी कूटनीतिज्ञको यो भ्रमणलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालय वरपर मात्र सीमित गराइने भएको पनि अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी कूटनीतिज्ञहरु तेहरानको वरपर भ्रमण गर्दैनन् त्यसैले इरानी कूटनीतिज्ञहरुलाई पनि न्यूयोर्क शहरको आसपास स्वतन्त्र रूपमा भ्रमण गर्नुपर्ने कुनै कारण नदेखिएको पोम्पेओलाई उद्धृत गर्दै सो पत्रिकाले जनाएको छ ।

हालैका केही महिनायता वासिङ्टन र तेहरानबीच सैन्य विवाद सहितको वाकयुद्ध जारी रहेको छ । इरानमाथिको अमेरिकी अमेरिकी नाकाबन्दीका कारण पनि सम्बन्ध बिग्रिएको बताइएको छ ।

उता आजैमात्र मात्र प्राप्त अर्को एक समाचारमा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेमा इरान अमेरिकासँग वार्ताको लागि तयार भएको इरानका राष्ट्रपति हसन रौहानीले आइतबार बिहान बताएका छन् । रासस/सिन्हवा

Tags :
प्रतिक्रिया दिनुहोस