देश विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देश विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक


३० असार २०७६, सोमबार


सुर्खेत । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज आकस्मिक बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले असार महीनामा कर्णाली प्रदेशमा भएका विपद्का घटनाको समीक्षा गरेको छ । विशेषगरी मुड्केचुला–१ डोल्पामा बाढीमा परी बेपत्ता भएका नौ जनाको उद्धार कार्यलाई तीव्र बनाउने र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ ।

परिषद् बैठकमा मुख्यमन्त्री शाहीले रु ४० हजारबाट बढाएर प्रतिमृतक परिवारलाई रु एक लाख किरिया खर्च दिने र घर नै नभएकाको क्षति यकिन गरी प्रदेश सरकारले घर निर्माणमा सहयोग गर्ने बताए । यस प्रदेशका १० जिल्लामा घट्ने विपद्सम्बन्धी घटनाको शीघ्र जानकारी दिन विभागीय मन्त्रालय र सबै सुरक्षा निकायलाई उनले निर्देशन दिएका छन् ।

‘अहिले प्रदेश अनुकूल विपद्सम्बन्धीको कानून निर्माण हुन सकेको छैन’, मुख्यमन्त्री शाहीले भने, ‘विद्यमान सङ्घीय कानूनमा टेकेर सुरक्षा बल, कर्मचारी, सामाजिक संघसंस्था र स्थानीयको समन्वय तथा सहकार्यमा विपद् प्रतिकार्य, उद्धार तथा राहतको काममा साउन महीनाभरि लागौँ ।’ उनले नेपाली सेनाको उत्तरपश्चिम पृतना मुख्यालय, प्रदेश सशस्त्र तथा जनपथ प्रहरीअन्तर्गत १० जिल्लामा रहेका सबै प्रहरी युनिट परिचालन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस