बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता


३० असार २०७६, सोमबार


काठमाडौं । अविरल वर्षाको कारण देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म १८ पुरुष र १२ महिला गरी ३० जना बेपत्ता भएका छन्।

यस्तै, ३८ जना घाइते भएका छन्।

तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिए प्रहरीले जनाएको छ ।

यस्तो छ विवरण :

Tags :
प्रतिक्रिया दिनुहोस