जनभावनालाई आत्मसात् गर्न आग्रह : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनभावनालाई आत्मसात् गर्न आग्रह : मुख्यमन्त्री गुरुङ


२९ असार २०७६, आइतबार


पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीको विचार, सिद्धान्त र जनभावनाअनुसार सक्रिय रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाअन्तर्गत वडा कमिटीका पदाधिकारी एवं सदस्यको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पार्टी कार्यकर्ता तथा जनप्रतिनिधि जनताको दुःखसुखमा सहभागी बन्नुपर्नेमा जोड दिए ।

एउटै विचार र सिद्धान्त बोकेका दुई वटा शक्तिबीचको एकतालाई आत्मसात् गर्दै दुई अध्यक्षले गरेको त्याग मुलुकको विकास र समृद्धिका लागि भएको उल्लेख गर्दै उनले प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनु आजको आवश्यकता भएको बताए ।

वर्तमान सरकार हात्ती लस्केको गतिमा विकास निर्माणमा जुटेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले अगाडि सारेका विकास योजनाको अनुगमनमा ध्यान दिनुपर्ने बताए । प्रदेशमा पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले जनवर्गीय सङ्गठनको एकताका लागि स्थानीयस्तरबाटै पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला कमिटीका सचिव एवम् प्रदेश सभासदस्य मीनप्रसाद गुरुङले पार्टीको वडाका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएको हो ।

प्रतिक्रिया दिनुहोस