विपद्मा नागरिक जोगाउन प्रतिबद्ध : महानिरीक्षक खनाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपद्मा नागरिक जोगाउन प्रतिबद्ध : महानिरीक्षक खनाल


२९ असार २०७६, आइतबार


काभ्रेपलाञ्चोक । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४सै घण्टा खटिने बताएका छन् । आज पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर भवनको उद्घाटन गर्दै उनले जनताको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताए।

महानिरीक्षक खनालले विपद्को अवस्थामा होस् या अन्य अवस्थामा सशस्त्र प्रहरी जनताको सुरक्षा तथा उद्धारमा खटिँदै आएको बताए । उन ले विपद्को अवस्थामा सशस्त्र प्रहरी बल अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्दै आएको बताए । ‘हामी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय तहसँग मिलेर काम गरिरहेका छौँ’, खनालले भने ।

सो अवसरमा गणपति प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले रु १३ करोड २१ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । पाँचखालमा २२० रोपनी जमीन अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस