आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती


२९ असार २०७६, आइतबार


Adi-kabi-bhanu-bhakta-jayanti

काठमाडौं । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै छ । नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ।

आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो।

पीता धनञ्जय आचार्य र माता धर्मावती देवीको कोखबाट जन्म लिएका भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तर गरेका थिए।

रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो।

उनको निधन १९२५ मा भएको थियो।

प्रतिक्रिया दिनुहोस