२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा पहिरोमा परेर बालकको मृत्य

अ+ अ-

ललितपुर । निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताए ।

कान्ती लोकपथमा पर्ने खानीखोला बढ्दा अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए । प्रहरी चौकी छपेली र प्रहरी चौकी आश्राङ गरेर दुवैतर्फका प्रहरी घटनास्थलमा पुग्न सकेका छैनन् । उनले भने,’त्यहाँको अवस्थाका बारेमा हामी गाउँपालिकासँग नियमित सम्पर्कमा छौँ ।’दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुँदा घटना हुँदा हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था रहेको वृत्तले जनाएको छ ।

यातायात अवरुद्ध

निरन्तरको वर्षाका कारण जिल्लाका तीन गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । कोञ्ज्योसोम, वाग्मती र महाँकाल गरेर तीन गाउँपालिकामा यातायात पूर्णरुपले अवरुद्ध बनेको वृत्तले जनाएको छ । गएरातिदेखि ठाउँठाउँमा सडक माथिबाट पहिरो जाँदा यातायातका कुनै पनि साधन चल्न नसकेको प्रमुख सापकोटाले बताए ।

पहिरो जाँदा तत्काल हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखेको भए पनि निरन्तर वर्षाका कारण अहिले काम हुन नसकेको उनको भनाइ छ । कान्ती लोकपथ, लेले–गोटीखेल, लेले सङ्खुलगायतका सडक अवरुद्ध छन् । उनले भने, ‘स्थानीय सडक यति नै ठाउँमा अवरुद्ध छन् भन्ने यकिन छैन, हामीले सङ्कलन गरिरहेका छौँ ।’

घर, गोठ र गाईबस्तु बगायो

वर्षाका कारण यहाँका झण्डै चार वटा घर र गोठ बगाएको वृत्तले जनाएको छ । विभिन्न स्थानमा गाईबस्तु मरेको विवरण प्राप्त भएको छ । धेरै घरमा भित्रै पानी पसेर र पानीले लड्न सक्ने भन्दै स्थानीयवासी घरमा बस्न छाडेका बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस