काठमाडौं मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौं मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु


२७ असार २०७६, शुक्रबार


काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ ।

  काठमाडौंको मूलपानीमा घरकाे पर्खाल भत्कँदा  ३ जनाको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस