चीनको एक आवासीय भवनमा आगलागी, चार जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनको एक आवासीय भवनमा आगलागी, चार जनाको मृत्यु


२७ असार २०७६, शुक्रबार


नानचाङ, चीन । चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ ।

चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस