त्रिभुवन विमानस्थलमा यति एयरको जहाज चिप्लियो, उडान-अवतरण बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थलमा यति एयरको जहाज चिप्लियो, उडान-अवतरण बन्द


२७ असार २०७६, शुक्रबार


काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।

धावन मार्गमै जहाज चिप्लिएपछि विमानस्थलको उडान र अवतरण पूर्ण रुपमा ठप्प भएको छ। वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस