सतह मापन गर्न ‘टेलिमेट्रिक सिस्टम’ जडान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सतह मापन गर्न ‘टेलिमेट्रिक सिस्टम’ जडान


२६ असार २०७६, बिहिबार


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका भएर बग्ने मछेली नदीको सतह मापनका लागि सौर्य ऊर्जामा आधारित स्वचालित प्रणाली (टेलिमेट्रिक सिस्टम) स्वचालित प्रणाली जडान गरिएको छ ।

ठूलो जलाधार भएको मछेली नदीमा आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएकाले त्यसबारे सचेतना एवं क्षति न्यूनीकरणमा सहयोग गर्नका लागि आधुनिक स्वचालित प्रणाली जडान गरिएको हो ।

नदीको उद्गम स्थान कैलालीको गोदावरी नगरपालिका–१२ कोलमोडा चौकी क्षेत्रमा सतह मापनका लागि स्वचालित प्रणाली जडान गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए ।

रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाले जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी ‘टेलिमेट्रिक सिस्टम’ जडान गरेको संयोजक घिमिरेले बताए ।

सो प्रणाली जडानका लागि सम्भाव्यता अध्ययन गर्दा कोलमोडानै उपयुक्त रहेको जल तथा मौसम विज्ञान विभागले सिफारिस गरेपछि जडानको कार्य पूरा गरेका उनले बताए । उनले भने, ‘कञ्चनपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट समेत सोही स्थानमा जडान गर्ने निर्णय भएको थियो ।’ स्वचालित पूर्वसूचना प्रणालीको माध्यमबाट मछेली नदी प्रभावित कृष्णपुुर नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पूनर्वास नगरपालिकाका तटीय क्षेत्रका समुदायहरुको सम्भावित जनधन क्षति न्यूनीकरण गर्न सकिने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले केही वर्षदेखि कञ्चनपुर जिल्लामा हुनसक्ने सम्भाव्य क्षतिलाई बाढी पूर्वसूचना प्रणालीका माध्यमबाट कम गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मछेली नदीमा ‘मेनयुल गेज स्टेशन’हरु सञ्चालन गरी पूर्वसूचनाका कार्यहरु गर्दै आएको थियो । जुन पुरानो प्रविधि र संरचना थियो ।

नयाँ आधुनिक स्वचालित प्रणाली जडान भएपछि बाढीको जोखिम, मानवीय र आर्थिक क्षति हुनबाट जोगाउन सकिने छ । स्वचालित नदीय सतह जततउस्ररधधध।जथमचययिनथ।नयख।लउर मा पनि हेर्न सकिने संयोजक घिमिरेको भनाइ रहेको छ । सो प्रणाली जडान गर्ने कार्य रियल टाइम सर्भिस ललितपुरले गरेको हो । सो प्रणाली जडान गर्नका लागि रु छ लाख ८३ हजार रकम लगानी गरिएको छ ।

स्वचालित जलमापन केन्द्र स्थापना तथा सूचना सङ्कलन प्रणालीका लागि टेलिमेट्रिरिक सिस्टम, सोलार पावर्ड, सोलार चार्जर कन्ट्रोलर, डियुल सिम मोडेम, भोल्टेज मोनिटरिङ लगायतका उपकरणहरुको प्रयोग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस