नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गरेको अभियोगमा पक्राउ


२६ असार २०७६, बिहिबार


pakrau

काठमाडौं । नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिई सकेको र अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस