भारतको शारदा नहरमा बस खस्यो, ३२ नेपालीको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतको शारदा नहरमा बस खस्यो, ३२ नेपालीको उद्धार


२६ असार २०७६, बिहिबार


लखनउ । भारत उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको हो ।

बसमा सवार ३२ जना नेपाली रहेको बताइएको छ । डुबेका ३२ जना सबै सकुसल नै रहेको शारदानगर पुलिस चौकीले जनाएको छ । यात्रुहरुलार्य सामान्य चोट लागेको छ ।

उपचार पछि सबै यात्रु नेपाल पठाइसकेको बताइएको छ ।

दुर्घटनामा परेका यी सबै यात्रु सिमलाबाट नेपाल फर्किरहेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस