सुनको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ ? « प्रशासन

सुनको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ ?


प्रकाशित मिति : २५ असार २०७६, बुधबार १५:०३

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।

चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।

Tags:

प्रतिक्रिया दिनुहोस