विमान मर्मतका क्रममा एक प्राविधिकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विमान मर्मतका क्रममा एक प्राविधिकको मृत्यु


२५ असार २०७६, बुधबार


काठमाडौं ।  भारतको कोलकातामा रहेको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा विमान मर्मतका क्रममा भएको दुर्घटनामा परी स्पाइजेटका एक प्राविधिकको मृत्यु भएको छ ।

प्राविधिकको शरीर ल्यान्डिङ गीयरको ढोकामा नराम्ररी च्यापिएको थियो । उनलाई फायर ब्रिगेडले बल्लबल्ल बाहिर निकाल्यो ।

कोलकाता विमानस्थलका अधिकारीले मंगलवार राति १ बजेतिर प्राविधिकले बम्बार्डियर क्यू४०० विमानको ल्यान्डिङ गीयरको मर्मत गरिरहेको बेलामा अचानक त्यसको ढोका बन्द भएर उनी त्यहीँ फसेको बताए ।

विमान अधिकारीले घटनाको अनुसन्धान गरिने बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस