पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या


२५ असार २०७६, बुधबार


इश्लामावाद । पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या भएको छ । मंगलबार सांझ कराँचीको लाकल क्याफे खयाबान ए बुखारीको नजिक पत्रकार मुरिद अब्बासको हत्या भएको हो ।

सामानय भनाभनको आधारमा हत्या भएको बताइए पनि हत्याको वास्तविक कारण भने खुलेको छैन । हत्या पछि आरोपिलाई गिरफ्तार गर्न प्रहरी गए पछि आरोपिले आफैलाई आत्म हत्याको प्रयास गरेको जनाइएको छ । उनको उपचार भइरेको छ ।

पत्रकार अब्बास ‘बोल न्युज’ मा कार्यरत थिए । उनलाई क्याफेको बाहिर गोली हानिएको बताइएको छ ।

जियो न्युज अनुसार आक्रमणकारीको नाम आतिफ जमान भएको र जमानले एउटा सेतो कारमा आएर गोली हानेको हो जनाइएको छ।

अस्पताल स्रोतका अनुसार अब्बासलाई अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भइसकेको थियो । उनको छाती र पेटमा कैयौं गोली लागेको थियो ।

सोही घटनामा पत्रकार अब्बासका साथी खैजर हयातको पनि मृत्यु भएको जनाइएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस