भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु


२५ असार २०७६, बुधबार


भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो ।

अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेको हो ।

जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको प्रहरीले जनाएको छ ।

भोजपुर अस्पतालमा उपचार हुँदै हुँदै प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरजे जनाएको छ ।

खोटाङ्ग घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भएको र निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज भएको बताइएको छ ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस