अख्तियारको दायरा बढाइँदैः सहकारी तथा वित्तीय संस्था पनि छानविन गर्न सक्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अख्तियारको दायरा बढाइँदैः सहकारी तथा वित्तीय संस्था पनि छानविन गर्न सक्ने


२५ असार २०७६, बुधबार


अख्तियार

काठमाडौँ । सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायराभित्र पारिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी बनेको विधेयकमा उक्त व्यवस्था थपिन लागेको हो ।

हाल आयोगले वित्तीय संस्थाको छानबिन गर्न पाउने प्रावधान छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क लगायतका संस्थाहरूले नेपालमा वित्तीय अपराध बढेको निष्कर्ष निकाली रहँदा वित्तीय कारोबारसम्बन्धी अनियमितता पनि अख्तियारले हेर्नुपर्ने सुझाव यसअघि देखि नै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस