कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध


२४ असार २०७६, मंगलबार


काठमाडौं । सर्लाही घटनालाई लिएर विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए ।

मंगलबार संसदमा गृहमन्त्रीले जवाफ दिए तर जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन मागे ।

सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस