अमेरिकाको राजधानी वाशिङटनमा बाढी, ह्वाइट हाउसमा पनि पानी पस्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको राजधानी वाशिङटनमा बाढी, ह्वाइट हाउसमा पनि पानी पस्यो


२४ असार २०७६, मंगलबार


वाशिङटन । अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आउँदा राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पानी पसेको जनाइएको छ ।

आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् ।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका छन् भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको बीबीसीले जनाएको छ ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस