थुनुवा फरार भएपछि असईसहित तीन प्रहरी निलम्बनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थुनुवा फरार भएपछि असईसहित तीन प्रहरी निलम्बनमा


२४ असार २०७६, मंगलबार


काठमाडौं । ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । थुनुवा फरार भएपछि ड्युटीमा रहेका तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् । उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरले ड्यिुटीमा रहेका एक असई, एक हवल्दार र एकजना प्रहरी जवानलाई निलम्बन गरिएको जनाएको छ ।

घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस