तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति


२२ असार २०७६, आइतबार


काठमाडौं । सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उनले भने, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो ? विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।”

सांसद देवकोटाले सर्लाही जिल्लामा खोलामा उत्खनन्का क्रममा पुरिएको बालकको उद्धारमा प्रहरी प्रशासनको ढिलाइका कारण उनको मृत्यु भएको आरोप लगाए । उद्धारमा प्रहरी प्रशासनको ढिलाइप्रति स्थानीयवासीले गरेको आन्दोलनमा प्रहरीले दमन गरेर आतङ्क मच्चाएकाले त्यसबारे स्पष्टीकरण दिन पनि उनले माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस