प्रदेश नं ५ : १ सय ७६ प्रहरी कारवाहीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश नं ५ : १ सय ७६ प्रहरी कारवाहीमा


२० असार २०७६, शुक्रबार


लमही । प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् ।

प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार प्रहरी जवान ११६, प्रहरी हबलदार २५, प्रहरी सहायक निरीक्षक ९ र प्रहरी निरीक्षक ७ जना कारवाहीमा परेका छन् । ९ जनालाई निलम्बन तथा ७ जनालाई तलब स्केलमा घटुवा गरिएको छ ।

त्यस्तै नसिहदमा ९९, पदोन्नति रोक्का १३, तलबवृद्धि रोक्का १०, सेवाबाट हटाइएका १६, तल्लो टाइमस्केलमा घटुवा एक, सक्त चेतावनी १६ र चालचलन प्रतिकूल रहेका ५ जना रहेका छन् ।

प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार प्रदेश प्रहरी कार्यालयबाट तीन, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सात, प्रदेशको सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट एक र प्रदेशको दनिप्र गण सुनवल नवलपरासीबाट चार जना कारवाहीमा परेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५, अर्घाखाँचीबाट ११, कपिलबस्तुबाट २०, नवलपरासीबाट ९, पाल्पाबाट ४, प्यूठानबाट २, बाँकेबाट ३२, रुकुमबाट २, बर्दियाबाट २८, दाङबाट ३०, रोल्पाबाट सात र गुल्मीबाट एक जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार सन्तोसजनक काम नगरेको, आदेश नमानेको, अनुसासनहीन काम गरेकोजस्ता कारवाही गरिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस