२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानुदिन समस्या उत्पन्न हुन थालेको स्थानीयवासीको आरोप छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ जनाको मृत्यु भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीहरुले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी पाँच जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ ।

जिल्ला अस्पतालले निःशुल्क रुपमा वितरण गर्ने एण्टी स्नेक भेनम राखिएका यहाँका कतिपय अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर कार्कीले बताए ।

उनले भने, ‘स्पेसल रुपमा सर्पदंशको उपचार केन्द्र छैन, केही अस्पतालमा औषधि भए पनि सो विषयमा दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउन थालेका छन् ।’ गर्मीयामको समयमा सुदूरपश्चिममा दर्जनौँ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलले जनाएको छ । जसमा आधा जति सर्पदंशका बिरामीको ज्यान जाने गरेको सो निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका विभिन्न शहरमा धाउन बाध्य भएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले सुदूरपश्चिमका सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानीयवासीको अकालमै ज्यान जान थालेको स्थानीयवासीको आरोप छ ।

सरकारीस्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ वाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस