राहुल गान्धीले दिए कांग्रेस अध्यक्षबाट राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राहुल गान्धीले दिए कांग्रेस अध्यक्षबाट राजीनामा


१८ असार २०७६, बुधबार


एजेन्सी । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार चार पेजको विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छः ‘पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी म लिन चाहान्छु ।

त्यसैले पार्टीको भविष्यको जिम्मेवारी लिँदै म राजीनामा दिएको घोषणा गर्छु ।’ अध्यक्षको जिम्मेवारीबाट हटेको विज्ञप्ति जारी गरेलगत्तै गान्धीले अब आफु पार्टी अध्यक्ष नरहेको प्रतिक्रिया दिएका छन् । राहुल सन् २०१७ डिसेम्बरबाट काँग्रेस पार्टीको अध्यक्ष चुनिएका थिए ।

उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए । उनले आफ्नो ट्वीटर अकाउन्टबाट समेत पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् । गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो ।

सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन्।

राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ। भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ। राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस