स्थानीय तहमा साढे चार लाखको आवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहमा साढे चार लाखको आवेदन


१८ असार २०७६, बुधबार


लोक सेवा

काठमाडौं । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा ४ लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ ४ लाख ३४ हजार ७६४, महिला १ लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित ३ हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

उनका अनुसार ती आवेदनबाट १४ करोड ४ लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस