अविरल वर्षापछि भारतमा १५ को मृत्यु, कैयौँ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अविरल वर्षापछि भारतमा १५ को मृत्यु, कैयौँ घाइते


१७ असार २०७६, मंगलबार


मुम्बई । मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा १५ जनाको ज्यान भएको छ ।

मुम्बईको पहाडी भेगमा अवस्थित एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको ज्यान गएको बताइएको छ। अन्य ७० जना घाइते भएको विवरण आएको छ।

मृतक तथा घाइतेहरूमा मलाड क्षेत्रको एक निर्माणस्थलमा खटिएका मजदुरहरू रहेको बताइएको छ।

अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस