महिला वन अधिकृतमाथि निर्मम ढङ्गले लाठी प्रहार, १६ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिला वन अधिकृतमाथि निर्मम ढङ्गले लाठी प्रहार, १६ जना पक्राउ


१७ असार २०७६, मंगलबार


काठमाडौं । भारतको तेलङ्गना राज्यमा एक महिला वन अधिकृतमाथि निर्मम ढङ्गले लाठी प्रहार भएको छ । लाठी प्रहार गर्ने १६ जना पक्राउ परेका छन् ।

आइतबार सत्तारुढ पार्टीका सदस्यले नेतृत्व गरेको उक्त समूहले वृक्षारोपण अभियानविरुद्ध प्रदर्शन गरिरहेको थियो। ती वन अधिकृतमाथि लाठीले हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले त्यस्तो हमलाको सामाजिक सञ्जाल ट्वीटरमा निन्दा गरेको थियो।

घाइते भएकी वन अधिकृतको अहिले अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि तेलङ्गना राष्ट्र समितिको उच्च तहका कल्भाकुन्त्ला तराका रामा राओले घटनाको निन्दा गरेका थिए ।

हमलाको समयमा घटनास्थलमा रहेका दुईजना प्रहरी अधिकारीहरूलाई उनीहरूले ती महिला अधिकृतलाई जोगाउन नसकेको भनेर निलम्बन गरिएको बीबीसी तेलुगुले पुष्टि गरेको छ।

उक्त घटना कगाजनगरमा भएको हो जहाँ बन विभागको कार्यालय छ। बन विभागले कलेश्वरम परियोजना अन्तर्गत वृक्षारोपण अभियानको अधिकार पाएको छ। उक्त परियोजना गत साता एउटा ठूलो सिचाइँ योजना अन्तर्गत सुरु गरिएको थियो। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस