प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !


१५ असार २०७६, आइतबार


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्थानीयले सडकमै रोपाईँ गरेका छन् । स्थानीयबासीले बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरेको भन्दै आकोशित हुँदै सडकमै धान रोपेका हुन् ।

सडक मर्मतमा प्रशासनको लापर्वाही भएको भन्दै धान सडकमै रोपेको स्थानीयले बताएका छन् । धानरोप्दै दहीच्युरा खाँदै स्थानीयले असार १५ को धान दिवससमेत सडकमै मनाएका छन् ।

तर, बिर्तामोड नगरपालिकाले भने सडक बनाउन ठेक्का प्रक्रिया सुरु भएको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस