२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वातावरण र विकासलाई सन्तुलित गरेर विधेयक ल्याइने’

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासलाई सन्तुलित गरेर अगाडि लैजानका लागि नयाँ वातावरण संरक्षण विधेयक ल्याउन लागिएको बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आज यहाँ आयोजना गरेको ‘वातावरण संरक्षण विधेयक–२०७५ माथि संशोधनकर्ता सदस्यसँग छलफल’ कार्यक्रममा उनले वातावरण र विकास एक अर्कासँग सम्बन्धित भएकाले दुवैलाई सन्तुलित गरेर मुलुकको विकास निर्माणमा सहयोग मिल्ने गरी विधेयक ल्याउन लागिएको जानकारी दिएका हुन् ।

‘मुलुक विकासको गतिमा अगाडि बढेको छ । विकासका लागि प्रदुषित वातावरणले समस्या पारेको छ’, मन्त्री बस्नेतले भने, ‘विकासका लागि वातावरणले समस्या नपारोस् भन्नका लागि नयाँ ऐनमा वातावरण र विकासलाई सन्तुलन गर्न खोजिएको छ ।’

मुलुकको विकास र जीवनको आवश्यकतालाई वातावरणसँग सम्झौता गर्दै अघि बढ्नुपर्ने भएकाले यसमा चुनौती रहेकोसमेत रहेको उल्लेख गर्दै उनले विमानस्थल र सडक बनाउन रुख काट्नुपर्ने बाध्यता रहे पनि वातावरण संरक्षण गर्दै विकास पनि गर्नुपर्ने बाध्यता रहेको बताए ।

मन्त्री बस्नेतले भौतिक पूर्वाधार विकासमा वातावरणका मुद्दा बढी भएकाले विधेयकमा अब त्यस्ता मुद्दा नपरुन भन्नेतर्फ जोड दिइएको बताए । मन्त्रालयका सचिव विश्वनाथ वलीले विकासलाई कसरी एकीकृत गरेर लैजाने भन्नेबारे विधेयकमा समेटिएको बताए ।

समिति सदस्य शेरबहादुर तामाङले विधेयक अमूर्त रहेकाले संशोधनका लागि दर्ता गरिएका प्रावधानलाई समेट्निुपर्ने बताए । समिति सदस्य पार्वत गुरुङ, मैना भण्डारी, प्रेम सुवाललगायतले विकास निर्माणसँग वातावरणले प्रत्यक्ष सरोकार राख्ने भएकाले विकासमा बाधा नपुग्ने गरी वातावरण विधेयक ल्याइनुपर्नेमा जोड दिए बताए ।

प्रतिक्रिया दिनुहोस