प्रधानसेनापतिद्वारा फलफूलको विरुवा रोपण अभियानको शुभारम्भ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापतिद्वारा फलफूलको विरुवा रोपण अभियानको शुभारम्भ


१३ असार २०७६, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर ‘एक जवान, एक बिरुवा’ रोपण अभियानको सुरुवात गरेका छन् ।

सरकारको ‘एक नेपाली, एक बिरुवा’ रोपन अभियानलाई मूर्त रुप दिन नेपाली सेनाले सो कार्यक्रमको सुरुवात गरिएको जनाएको छ ।

प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

बृक्षारोपण कार्यक्रममा जंगी अड्डामा कार्यरत सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सेनाले देशभरका पृतना, बाहिनी, गण र गुल्महरुमा १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदा फलफूल तथा अन्या बिरुवा रोप्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस