कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए


१३ असार २०७६, शुक्रबार


किन्सासा । कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो ।

ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ ।

केही सञ्चार माध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् । ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ । यहाँको खानीमा दैनिक २ हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।

अल जजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सात जना कामदारको ज्यान गएको थियो । अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्नेक्रममा बर्सेनि धेरैको ज्यान जाने गरेको छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस