काश्मिरमा भएको दुर्घटनामा ११ को मृत्यु, ८ घाइते « प्रशासन
Logo १७ चैत्र २०८०, शनिबार
   

काश्मिरमा भएको दुर्घटनामा ११ को मृत्यु, ८ घाइते


१२ असार २०७६, बिहिबार


बस दुर्घटना

श्रीनगर, भारत प्रशासित काश्मिर । भारत नियन्त्रित काश्मिरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको छ ।

बिहीबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जना युवती तथा विद्यार्थी रहेका छन् भने अरु आठ जना घाइते भएका छन् ।

पहाडी बाटोमा गुडिरहेका बेला चालकले नियन्त्रण गर्न नसकेपछि बाटोदेखि तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काश्मिरको गृष्मकालीन राजधानी श्रीनगर शहरदेखि ८ किलोमिटर टाढा पर्ने शोपिआन जिल्लाको पिर कि गाली भन्ने ठाउँमा दुर्घटना भएको हो ।

‘एउटा दुखद् दुर्घटनामा परी आज यहाँ कम्तीमा ११ जनाको मृत्यु भएको छ, ती मध्ये नौ जना युवती रहेका छन्,’ एक जना प्रहरी अधिकृतले सिन्ह्वालाई भने ।

उनले थपे, ‘बाटोदेखि तल खसेर भएको दुर्घटनामा परी अरु आठ जना घाइते पनि भएको पाइएको छ ।’

घाइतेहरु मध्ये सात जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्रीनगर पठाइएको प्रहरीको भनाई छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस