साढे दुई किलो अफिमसहित दुई पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साढे दुई किलो अफिमसहित दुई पक्राउ


१२ असार २०७६, बिहिबार


pakrau

लमही । दाङमा साढे दुई किलो अफिमसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको आगुऔषध (अफिम) सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय शुकलाल विकलाई पक्राउ गरिएको हो ।

प्रदेश नं ५ प्रहरी कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय दाङको सक्रियतामा उनीहरुलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

घोराही उपमहानगरपालिका– १४ पुरानो बसपार्कस्थित सार्वजनिक सडक खण्डमा अफिम लुकाएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुले लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिणामको अफिम भेटिएको शाहको भनाइ छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन २०३३ परिच्छेद ३ दफा २२(ग) बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस