मुख्यमन्त्री पोखरेल र जापानी राजदूत साइगोबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री पोखरेल र जापानी राजदूत साइगोबीच भेटवार्ता


१२ असार २०७६, बिहिबार


बुटवल । मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए ।

राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए । उनले प्रदेश र स्थानीय सरकारहरुलाई छलफलका आधारमा सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए । उनले सम्पदा र पर्या–पर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो संभावना भएको बताए ।

त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मुखयमन्त्रीले प्रदेश ५ का अस्पतालको विकासमा पनि जापानको सहयोगको अपेक्षा गरे । मुख्यमन्त्रीले जापानी राजदूतलाई यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रहसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस