तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड


१२ असार २०७६, बिहिबार


नेपालगञ्ज । प्रदेश नं ५ को कृषि, वन, तथा वातावरण संसदीय समितिका सभापति विजयबहादुर यादवले सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य भए विकासको गति प्रभावकारी हुने बताएका छन् ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज नेपालगञ्जमा गरेको साझा सभा कार्यक्रममा उनले जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर विकासका योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गराउनमा सबै पक्ष मिल्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी स्थानीयतहका जनप्रतिनिधि, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कानून व्यवसायी, उद्योगपति, व्यापारीलगायतले तीनै तहको सरकारबीच सहकार्य भएमा प्रशासन व्यवस्था प्रभावकारी हुँदै जाने सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस