आवश्यकताका आधारमा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ : भीम रावल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आवश्यकताका आधारमा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ : भीम रावल


१२ असार २०७६, बिहिबार


कैलाली । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आवश्यकता आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता रावलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ, सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्छ । नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्छ ।’

नता रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने पनि बताए । उनले भने, ‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ । भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेको छ, ‘कुनै पनि नीति बनाउँदा सरकारले सम्बन्धित क्षेत्रमा पर्ने असर लगायतका विषयलाई नजरअन्दाज गर्नु हुँदैन ।’

उनले जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सक्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस